उत्तर कोरियाली शासक किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ? | Khabarhub Khabarhub

उत्तर कोरियाली शासक किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ ।

शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पु¥याइएको पाइएको समाचारमा जनाइएको छ ।

यसअघि उनी गम्भीर रुपमा विरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका थिए ।

तर यो समाचार किन र कसरी आयो भन्ने बारेमा थाहा भएको छैन । उनी जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उनी आज सार्वजनिक रुपमा देखिएका हुन् ।

उनलाई केही दिनयता गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त किमको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए ।
तर यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उनी स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो ।

दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो ।

खासगरी उत्तर कोरियाली नेता अन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उहाँको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ ।

तर त्यस दिन उनी किन त्यहाँ उपस्थित नभएपछि उनको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनी स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो ।

उनका बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि किमको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि किम सार्वजनिक भएका थिए ।

यतिखेर किम सार्वजनिक भइसकेपछि पनि अब उनको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार खोजी गर्न थालेका छन् ।

साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरुले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ०२ बजे

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज

नेपाल कम्पोस्ट सचेतना सप्ताह मनाइँदै

काठमाडौं– ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

गण्डकी– तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं–   यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु

नागढुङ्गा–नौबिसे सडक राति पाँच घण्टा बन्द गरिने

धादिङ– नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातको समयमा बन्द गरिने