विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी « Khabarhub

विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन् ।

गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन छन् ।

भैँसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गराइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

बिरामीको स्वास्थ्यावस्था अहिले सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ११ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण