हिङ्कु हिमपहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो « Khabarhub

हिङ्कु हिमपहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ ।

गत माघ ३ गते पदयात्राका क्रममा हिमपहिरामा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव शुक्रबार नेपाली सेनाको पोखरास्थित नेपाली सेनाको सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो ।

शुक्रबार फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । पोखराबाट शव आजै काठमाडौँ पठाइएको पर्यटक प्रहरीले जनाएको छ ।

पहिरामा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ५३ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २