स्थायी समिति बैठक वैशाख २५ गते, ओली र प्रचण्डले गरे आत्मआलोचना | Khabarhub Khabarhub

स्थायी समिति बैठक वैशाख २५ गते, ओली र प्रचण्डले गरे आत्मआलोचना


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुद दल नेकपाको विवाद समाधान उन्मुख देखिएको छ ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरुलाई समाधान गरि एकतावद्ध र दृढभएर अघि बढ्ने संकल्प गरेको ।

त्यस्तै बैठकले पार्टी एकताको रक्षा र सुदृढ बनाउने गरि अघि बढ्ने तथा एकतालाई कमजोर बनाउने र फुट उन्मुख हुने कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई आग्रहसमेत गरेको छ ।

‘पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने र पार्टीलाई एकतावद्ध राख्ने विधी पद्दती अनुसार सञ्चालन गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनाताको पक्षमा समाजवाद उन्मुख रुपमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ ।’

पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमिकजोरीलाई लिएर प्रधानमन्त्रीले आत्मआलोचना गरेका छन् ।

‘पार्टी वा सरकार वा विभिन्न क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन् प्रधानमन्त्री केपी ओलीले आत्मआलोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने,त्यस्तै गरि प्रचण्ड र अरु कमरेडले पनि आत्मआलोचित हुँदै अगाडि बढ्ने संकल्प गर्नु भएको छ ।’

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

यसको तयारीका लागि सचिवालयको बैठक २४ गते ३ बजे बस्नेछ ।

त्यस्तै गरि बैठकले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा को उक्क्मेदवार बनाउने र लैजाने पहल गर्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।’

उनले थपे, ‘उहाँलाई प्रतिनिधिसभामा लैजाने भनेपछि स्वभाविक रुपमा त्यो पनि अन्तरनिहित हुन्छ । प्रतिनिधिसभामा उहाँ आउनुभएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिबेला खुल्छ ।’

नेता माधव कुमार नेपालाई तेस्रो अध्यक्ष बनाउने कुरा यसअघिको बैठकमा समानन्य कुराकानी मात्र भएको र अब त्यो बिषय सकिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : २९ बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्