स्थायी समिति बैठक वैशाख २५ गते, ओली र प्रचण्डले गरे आत्मआलोचना « Khabarhub

स्थायी समिति बैठक वैशाख २५ गते, ओली र प्रचण्डले गरे आत्मआलोचना


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुद दल नेकपाको विवाद समाधान उन्मुख देखिएको छ ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरुलाई समाधान गरि एकतावद्ध र दृढभएर अघि बढ्ने संकल्प गरेको ।

त्यस्तै बैठकले पार्टी एकताको रक्षा र सुदृढ बनाउने गरि अघि बढ्ने तथा एकतालाई कमजोर बनाउने र फुट उन्मुख हुने कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई आग्रहसमेत गरेको छ ।

‘पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने र पार्टीलाई एकतावद्ध राख्ने विधी पद्दती अनुसार सञ्चालन गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनाताको पक्षमा समाजवाद उन्मुख रुपमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ ।’

पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमिकजोरीलाई लिएर प्रधानमन्त्रीले आत्मआलोचना गरेका छन् ।

‘पार्टी वा सरकार वा विभिन्न क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन् प्रधानमन्त्री केपी ओलीले आत्मआलोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने,त्यस्तै गरि प्रचण्ड र अरु कमरेडले पनि आत्मआलोचित हुँदै अगाडि बढ्ने संकल्प गर्नु भएको छ ।’

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

यसको तयारीका लागि सचिवालयको बैठक २४ गते ३ बजे बस्नेछ ।

त्यस्तै गरि बैठकले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा को उक्क्मेदवार बनाउने र लैजाने पहल गर्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।’

उनले थपे, ‘उहाँलाई प्रतिनिधिसभामा लैजाने भनेपछि स्वभाविक रुपमा त्यो पनि अन्तरनिहित हुन्छ । प्रतिनिधिसभामा उहाँ आउनुभएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिबेला खुल्छ ।’

नेता माधव कुमार नेपालाई तेस्रो अध्यक्ष बनाउने कुरा यसअघिको बैठकमा समानन्य कुराकानी मात्र भएको र अब त्यो बिषय सकिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : २९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु