फौजी किरा नियन्त्रण गर्दै दैलेखको दुल्लु नगरपालिका « Khabarhub

फौजी किरा नियन्त्रण गर्दै दैलेखको दुल्लु नगरपालिका


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ ।

बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो ।

आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक रु ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए ।

नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ ।

यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ । सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले गत वर्षदेखि ८० प्रतिशत जति क्षति पुर्‍याउँदै आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : ०३ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु