पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान « Khabarhub

पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको प्रभावकासाथै पूर्वी भू-भाग नजिकै रहेको निम्न चापीय रेखा तथा अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुनेछ ।

महाशाखाले बिहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

प्रदेश १ का थोरै स्थानहरुमा भने राति मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश  ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना