आज राम र हनुमानको भेट भएको ऐतिहासिक दिन, के पूजा गर्ने, के के गर्न मनाही ? « Khabarhub

आज राम र हनुमानको भेट भएको ऐतिहासिक दिन, के पूजा गर्ने, के के गर्न मनाही ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत हनुमान भक्तका लागी हरेक मंगलबारको ठूलो महत्व हुन्छ । तर ज्येष्ठ महिनामा पर्ने ठूलो मंगलबार (बडा मंगल) हरेक भक्तका लागी विशेष रहने गर्दछ । यस दिन हनुमान आफ्ना भक्तको हरेक मनोकामना पुर्ण गर्दछन् ।

धार्मीक मान्यता अनुसार भगवान श्रीरामसँग हनुमानजीको पहिलो भेट ज्येष्ठ महिनाको मंगलबार नै भएको थियो । त्यस यता हरेक दिन मंगलबारलाई हनुमानको प्यारो बारका रुपमा बुझिदै आएको छ भने भेट भएको दिन जेष्ठको मंगलबारलाई हनुमानको अति प्रिय दिन मानिन्छ ।

यस पटक ज्येष्ठ महिनामा ०६, १३, २० र २७ गते गरी चार ठूलो मंगलबार परेको छ । तसर्थ ज्येष्ठका यि मंगलबारका दिन हनुमानजीको उपासना गरेमा मनोवाञ्छित फल पाउने विश्वास गरिन्छ । साथै यी मंगलबारका दिन निम्न काम गर्न बर्जित छ ।

१. हनुमानजीको पूजामा कहिल्यै पनि चरणामृतको प्रयोग गर्नुहुदैन ।
२. हनुमानजीको उपासना गर्ने भक्तले ज्येष्ठका मंगलबारका दिन नुनको सेवन गर्नुहुदैन ।
३. यस दिन कसैले दानमा दिएको मिठाईको समेत सेवन गर्नुहुदैन ।
४. हनुमानको उपासना गर्दा कालो र सेतो वस्त्र पहिरन बर्जित छ । हनुमानलाई प्रसन्न पार्न रातो र पहेलो रंगको वस्त्र पहिरिनु पर्दछ ।
५. हनुमानजीको उपासना गर्ने ब्यक्तिले पूजाको एक दिन अगावैबाट पूजाको भोलिपल्टसम्म ब्रम्हचार्यको पालना गर्नुपर्दछ । अझ ज्येष्ठका मंगलबारका दिन स्त्रीको स्पर्शबाट समेत बच्नु पर्दछ ।
६. ठूलो मंगलबारका दिन चर्किएको वा टुटफुट भएको मुर्तिको उपासना गर्नु हुदैन । साथै च्यातिएको फोटोको समेत आराधना गर्नुहुदैन ।
७. ठूलो मंगलबारका भुलेर पनि माछामासु, अण्डा, मदिरा र धुम्रपानको सेवन गर्नुहुदैन ।
८. यस दिन दिउँसो सुत्नु हुदैन ।
९. यस दिन अनिवार्य तर सम्भवानुसार हनुमान चालिसाको पाठ गर्नु पर्दछ ।
१०. हनुमान चालिसाको पाठ गरेमा मात्र पनि कठिनाई हटेर जानेछ र लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : २८ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको