हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ « Khabarhub

हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उप–महानगरपालिकामा एक युवाको हत्यामा संलग्न तीनजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ।

गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्वल तामाङ, १९ वर्षीय अभिषेक के.सी (गिरी) र २३ वर्षीय अमित घिमिरेलाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

स्थानीय अमित घिमिरेको घरमा आपसी भनाभन र विवाद बढ्दै गर्दा मोरङ्ग कानेपोखरीका तामाङ, स्थानीय केसी र घिमिरेले राईलाई बाँसको लाठीले कुटपिट गर्दै धारिलो चक्कुले कोखा र छातीमा प्रहार गरी घाइते बनाएका थिए ।

बेलायतबाट तीन महिनाको बिदामा घर आएका राईलाई विवादपछि राति घर फर्कने क्रममा तीनैजनाले आक्रमण गरेका थिए। राईका अन्य साथीले हो–हल्ला गरेपछि तीनैजना फरार भएका थिए ।

राईलाई उनका साथीहरुले धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका थिए । धरानमा उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको थियो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त टोलीले सोमबार बेलुका ६ बजे फरार तीनजनालाई ईटहरी–११ पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित