आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा « Khabarhub

आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली एफसी कोल्नलाई ४–२ को अन्तरले पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो। जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्टसँगको दूरी २ अंकमा सीमित गरेको छ।

लाइप्जिगको जितमा प्याट्रिक शिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे। लिगमा वेर्नरको २५ औँ गोल हो।

खेलको सातौँ मिनेटमा घरेलु टोली कोल्नका जोन कोर्डोवाले सातौँ मिनेटमा गोल गर्दै अग्रता बनाएको खेलमा २० औं मिनेटमा प्याट्रिकले बराबरी गोल फर्काए। ३८ औं मिनेटमा एन्थोनी मोडेस्टेले एक गोल थपे।

जितसँगै लाइप्जिगले २९ खेलबाट ५८ अंक जोडेको छ। कोल्न ३४ अंक सहित अंकतालिकाको ११ औं स्थानमा छ। ६० अंकमा डर्टमुन्ड दोस्रो स्थानमा रहँदा बार्यन म्युनिख ६७ अंकमा शीर्ष स्थानमा छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ४४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष