नेपालमा हालसम्म २६६ जना कोरोना संक्रमित निको भए « Khabarhub

नेपालमा हालसम्म २६६ जना कोरोना संक्रमित निको भए


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म २६६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या २६६ पुगेको हो ।

शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, कपिलवस्तुका ९ जना, सुनसरीका १ जना र झापाका १७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेको संख्या २६६ पुगेको हो

मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये  २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् ।

कुल ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : ४० बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय