सवारी चलाउन जेठ ३२ सम्म 'निलो पास' नै मान्य हुने | Khabarhub Khabarhub

सवारी चलाउन जेठ ३२ सम्म ‘निलो पास’ नै मान्य हुने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दी समयमा सवारी साधन सञ्चालनका लागि वितरित नीलो रङको पासलाई यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही जेठ २ गतेदेखि सात दिनका लागि उपत्यकाभित्रका लागि वितरण गरेको नीलो सवारी साधन पासलाई यथावत् राखिएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर(हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ ।

उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका लागि जारी गरिएको पासको नवीकरणसमेत कायमै राखिएको छ ।

जिप्रकाबाट पास वितरण गर्दा भीडभाड भई संक्रमणको जोखिम बढेको जनाउँदै बुधबारदेखि पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन आग्रह गरिएको छ ।

उक्त निवेदनानुसार सवारी पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि सात दिनको सवारी पासको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ५ : ४३ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले