सवारी चलाउन जेठ ३२ सम्म ‘निलो पास’ नै मान्य हुने « Khabarhub

सवारी चलाउन जेठ ३२ सम्म ‘निलो पास’ नै मान्य हुने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दी समयमा सवारी साधन सञ्चालनका लागि वितरित नीलो रङको पासलाई यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही जेठ २ गतेदेखि सात दिनका लागि उपत्यकाभित्रका लागि वितरण गरेको नीलो सवारी साधन पासलाई यथावत् राखिएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर(हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ ।

उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका लागि जारी गरिएको पासको नवीकरणसमेत कायमै राखिएको छ ।

जिप्रकाबाट पास वितरण गर्दा भीडभाड भई संक्रमणको जोखिम बढेको जनाउँदै बुधबारदेखि पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन आग्रह गरिएको छ ।

उक्त निवेदनानुसार सवारी पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि सात दिनको सवारी पासको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ५ : ४३ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ