घर–घरमा ‘तुलसीको दल’ राखेर मनाइयो निर्जला एकादशी « Khabarhub

घर–घरमा ‘तुलसीको दल’ राखेर मनाइयो निर्जला एकादशी


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् ।

प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष असार १७ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ ।

यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ । कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म चार महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्रा डा रामचन्द्र गौतमले बताए ।

यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उहाँले दिनुभयो ।

तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ ।

रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् ।

तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ३५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले