घर–घरमा 'तुलसीको दल' राखेर मनाइयो निर्जला एकादशी | Khabarhub Khabarhub

घर–घरमा ‘तुलसीको दल’ राखेर मनाइयो निर्जला एकादशी


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् ।

प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष असार १७ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ ।

यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ । कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म चार महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्रा डा रामचन्द्र गौतमले बताए ।

यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उहाँले दिनुभयो ।

तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ ।

रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् ।

तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ३५ बजे

संसद् आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

 गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए

 प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव

पाटन– युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र