भारतको आसाममा पहिरोमा पुरिएर २० जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको आसाममा पहिरोमा पुरिएर २० जनाको मृत्यु


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको  वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको छ ।

राज्य सरकारका अधिकारीहरूले पहिरोमा परी २० जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ ।

चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भने, “चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।”

हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गर्नुभएको छ ।

भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले सिन्ह्वासँग भने, “हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पु¥याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् । (रासस)

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : २४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले