पक्राउ हाइप्रोफाइल जुवाडेको ५ दिन म्याद थप | Khabarhub Khabarhub

पक्राउ हाइप्रोफाइल जुवाडेको ५ दिन म्याद थप


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न दिएको छ ।

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद गरेको हो ।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो ।

संघाई एनआइसी एशिया बैकका संचालक हुन् । जुवाडेहरुमध्ये अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक हुन् । उनी नेपालका लागि गिनी नामक देशका अवैतनिक बाणिज्यदूत पनि हुन् ।

त्यस्तै जुवाखालमा पक्राउ परेका अर्का ब्यापारी हुन्, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा । उनीसँगै उनका छोरी ज्वाई तथा बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन् ।

त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति सूर्या लाइफ इन्स्योरेन्सका संचालक सुरेश अग्रवाल हुन् ।

पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन् ।

 

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ३७ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान