पक्राउ हाइप्रोफाइल जुवाडेको ५ दिन म्याद थप « Khabarhub

पक्राउ हाइप्रोफाइल जुवाडेको ५ दिन म्याद थप


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका भीआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न दिएको छ ।

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद गरेको हो ।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो ।

संघाई एनआइसी एशिया बैकका संचालक हुन् । जुवाडेहरुमध्ये अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक हुन् । उनी नेपालका लागि गिनी नामक देशका अवैतनिक बाणिज्यदूत पनि हुन् ।

त्यस्तै जुवाखालमा पक्राउ परेका अर्का ब्यापारी हुन्, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा । उनीसँगै उनका छोरी ज्वाई तथा बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन् ।

त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति सूर्या लाइफ इन्स्योरेन्सका संचालक सुरेश अग्रवाल हुन् ।

पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगी हुन् ।

 

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ३७ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ