काठमाडौं – प्रहरीले लकडाउन उलंघन गर्ने १८ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
मंगलबार उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५ सय ८४ वटा २ पाङ्ग्रे र दुई सय २२ चार पाङ्ग्रे गरी जम्मा १८ सय ६ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म यी सवारी साधनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको हो।
आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ।
प्रतिक्रिया