भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आइन् अभिनेत्री कोइराला | Khabarhub Khabarhub

भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आइन् अभिनेत्री कोइराला


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा बस्दै आएकी अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आएकी छन् ।

मंगलबार बेलहिया नाका हुँदै अभिनेत्री मनिषा कोइराला बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको थियो ।  सीमामा उनी र उनको परिवार धेरै बेर नरोकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।

नेपाल सरकाले लम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको समर्थनमा गरेको ट्वीटका कारण उनलाई भारतीय मिडियाहरुले  विवादमा तानेका थिए ।

मनिषाले गरेको सोही ट्वीटका कारण कतिपय भारतीय च्यानलले व्यक्तिगत रिस समेत पोखेका थिए । भारतमा बसेर चीनकाे समर्थन जनाउने भन्दै उनको आलोचना समेत गरेका थिए ।

भारतीय मिडियाहरु मनिषामाथि खनिए पनि नपाली कलाकारहरुले भने मनिषाकाे अभिव्यक्तिको उच्च प्रसंशा गरेका थिए ।

मनिषाले ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : २८ बजे

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर