भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आइन् अभिनेत्री कोइराला « Khabarhub

भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आइन् अभिनेत्री कोइराला


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा बस्दै आएकी अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आएकी छन् ।

मंगलबार बेलहिया नाका हुँदै अभिनेत्री मनिषा कोइराला बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको थियो ।  सीमामा उनी र उनको परिवार धेरै बेर नरोकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।

नेपाल सरकाले लम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको समर्थनमा गरेको ट्वीटका कारण उनलाई भारतीय मिडियाहरुले  विवादमा तानेका थिए ।

मनिषाले गरेको सोही ट्वीटका कारण कतिपय भारतीय च्यानलले व्यक्तिगत रिस समेत पोखेका थिए । भारतमा बसेर चीनकाे समर्थन जनाउने भन्दै उनको आलोचना समेत गरेका थिए ।

भारतीय मिडियाहरु मनिषामाथि खनिए पनि नपाली कलाकारहरुले भने मनिषाकाे अभिव्यक्तिको उच्च प्रसंशा गरेका थिए ।

मनिषाले ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : २८ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा