चीनमा भीषण वर्षा : १४ जनाको मृत्यु, ८ बेपत्ता « Khabarhub

चीनमा भीषण वर्षा : १४ जनाको मृत्यु, ८ बेपत्ता


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ।

सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो ।

जुन महिनाको २६ तारिखबाट मिआङ्निङ् काउन्टीमा भारी वर्षा भइरहेएको छ।

हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।

वर्षाको कारण यहाँ प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ।

सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : २५ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता