चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह « Khabarhub

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बिदा गर्न प्रधानमन्त्री बालेन्द्र साहसमक्ष सिफारिस गरेको थियो ।

स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सदस्य नियुक्त गर्ने प्रक्रियामा पदको दुरूपयोग भएको आरोप लगाउँदै त्यसबारे कारबाही र जिम्मेवारीबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । उनको सिफारिसलगत्तै प्रधानमन्त्रीले साहलाई बिदा गरिदिएका हुन् ।

विवादकै कारण यसअघि साहको वरीयता पनि पन्ध्रौँ स्थानमा पुगेको थियो । वरीयता मिलाउँदा गृहमन्त्री सुधन गुरुङ पनि घटुवामा परेका थिए ।

पार्टीका केन्द्रीय अनुशासन आयोगले गरेको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादा उल्लंघन गरी लामो समय निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डका सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई नियमित गराउने कार्य गरेको देखिएको थियो। आयोगले मिति बुधबार नै साहमाथि कारबाहीका लागि पत्र पठाएको थियो।

रास्वपाका सभापति लामिछानेले पत्रमा भनेका थिए, ‘यस कार्यले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पारेको छ।’

पत्रमा पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरिएको थियो।

पार्टीले अन्य मन्त्रीहरूले पनि आवश्यक गम्भीरता नदेखाएमा पार्टीले पुनः नियमानुसार कारबाही गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ४ : ०४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको