अमेरिकामा एकै दिनमा ५० हजार कोरोना संक्रमित थपिए « Khabarhub

अमेरिकामा एकै दिनमा ५० हजार कोरोना संक्रमित थपिए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार २ सय ९० जना कोरोना संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अमेरिकामा कुल २७ लाख ७८ हजार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा यति धेरै संख्यामा संक्रमित थपिने मुलुकमा अमेरिका पहिलो हो ।

अमेरिकामा गएको २४ घण्टामा ६ सय ६६ जना व्यक्तिको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

त्यस्तै हाल १४ लाख ८७ हजार ६ सय १२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ११ लाख ५९ हजार ७ सय ४३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै न्यूयोर्क प्रभावित भएको छ । न्युयोर्कमा ४ लाख १८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार १ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

न्युयोर्कपछि क्यालिफोर्नियामा २ लाख ३८ हजार ३ सय ९१ जनामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : २३ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र