वेष्ट इन्डिजका लिजेन्ड विक्सको निधन « Khabarhub

वेष्ट इन्डिजका लिजेन्ड विक्सको निधन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यारेबियन टोली वेष्ट इन्डिज क्रिकेटका लिजेन्ड सर एभरटन विक्सको ९५ वर्षको उमेरमा निधन भएको छ । विक्सको बिहीबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विक्सले ४८ टेस्टमा ५८.६१ को औसतमा ४ हजार ४ सय ५५रन बनााएका थिए । उनी ५ टेस्टमा लगातार शतक बनाउने ब्याट्सम्यान समेत हुन् । इन्डिजका ‘थ्री डब्लुएस’ मध्येका एक हुन् । इन्डिजका थ्री डब्लुएसमा विक्ससँगै क्लेडे वालकोट, र सर फ्राङ्क वारेल पर्छन् ।

‘हामीले हाम्रा आइकन गुमाएको खबर सुन्दा मन दुखेको छ । लिजेन्ड, हाम्रो हिरो,’ क्रिकेट वेष्ट इन्डिजले भनेको छ, ‘उनको परिवार, आफन्त र विश्व भरका उनका समर्थकलाई हार्दिक समवेदना ।’

टेस्ट इतिहासमा विक्स २० इनिङ टेस्ट खेल्ने खेलाडीमध्ये १० औं सबैभन्दा बढी एभरेज रन बनाउनेमा पर्छन् ।  विक्स, वाल्कोट र फ्राङ्क वेष्ट इन्डिजले सन् १९५० मा इङ्ग्ल्यान्ड टेस्ट जित्दा महत्वपूर्ण खेलाडीका रुपमा टीममा थिए ।

अहिलेसम्म सर्भाइभ राख्न सफल पुरानो पुस्ताका टेस्ट क्रिकेटरमध्ये विक्स तेस्रो खेलाडी हुन् । उनीभन्दा पनि सिनियर खेलाडीहरु दक्षिण अफ्रिकाका जोन वाट्किङ्स र इङ्ग्ल्यान्डका डोन स्मिथ ९७ वर्षको उमेरमा दैनिकी चलाइ रहेका छन् ।

खेलाडी, प्रशिक्षक, क्रिकेट कमेन्टेटर गरि सबै भूमिकामा रहेर उनले विश्व क्रिकेटलाई ठूलो योगदान दिएका थिए ।

बार्बाडोसका विक्सले सन् १९४८ मा टेस्ट डेब्यु गरेका थिए भने १९५८ मा सन्यास लिएका थिए । विक्स यसअघि २०१९ मा हृदयघातका कारण अस्पताल भर्ना भएका थिए ।

वेष्ट इन्डिज क्रिकेटका अध्यक्षले विक्स इन्डिजका लागि पायोनियर रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर