वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो « Khabarhub

वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो



काठमाडौं- वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ ।

विश्वव्यापी कोरोना भाइरसको महामारीले साढे तीन महिना अघि अनिश्चितकाललाई बन्द गरिएको श्रम स्वीकृति बिहीबारबाट खुलेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोभिड-१९ का कारण रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोलानाथ गुरागाइले खबरहबलाई जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति कोरोना महामारीका कारण गत फागुन ३० गते अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।

आजबाट पुन: श्रम स्वीकृति खुला गरिएको छ गुरागाइले भने ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।’

यद्यपी नयाँ श्रम स्वीकृति भने खुल्ने निश्चित नरहेको उनको भनाइ छ ।

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो ।

‘यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द

असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ ।

साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।

यो पनि पढ्नुहोस्

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ५० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने