वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो « Khabarhub

वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो



काठमाडौं- वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ ।

विश्वव्यापी कोरोना भाइरसको महामारीले साढे तीन महिना अघि अनिश्चितकाललाई बन्द गरिएको श्रम स्वीकृति बिहीबारबाट खुलेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोभिड-१९ का कारण रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोलानाथ गुरागाइले खबरहबलाई जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति कोरोना महामारीका कारण गत फागुन ३० गते अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।

आजबाट पुन: श्रम स्वीकृति खुला गरिएको छ गुरागाइले भने ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।’

यद्यपी नयाँ श्रम स्वीकृति भने खुल्ने निश्चित नरहेको उनको भनाइ छ ।

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो ।

‘यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द

असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ ।

साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।

यो पनि पढ्नुहोस्

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ५० बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र