गलवानमा चिनियाँ सेना मारिएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित « Khabarhub

गलवानमा चिनियाँ सेना मारिएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गत जून १५ मा भारत-चीनबीच भएको हिंसात्मक झडपमा चिनियाँ सेनाले ज्यान गुमाएको विषय सार्वजनिक गर्दा अशान्ति निम्तिन सक्ने खतरा हुने भन्‍दै चीन चिन्तित बनेको छ ।

उक्त घटनामा सरकारले गरेको व्यवहारबाट अवकाश प्राप्त सैनिकहरुले नै राष्ट्रपति सी चीनफिङविरुद्ध सशस्त्र विद्रोह सुरु गरेका छन् ।

कम्युनिस्ट पार्टी नेताका छोरासमेत रहेका जियान्ली याङले गलवान भ्यालीमा मारिएका चिनियाँ सैनिकको बारेमा स्वीकार गरेर तथ्यांक सार्वजनिक गर्दा अशान्ति हुने खतरा हुने बेइजिङलाई चिन्ता भएको बताएका छन् ।

गलवान भ्यालीमा भएको झडपमा भारतका तर्फबाट २० सैनिक मारिएका थिए । याङका अनुसार उक्त झडपमा चीनतर्फ भारतकोभन्दा बढी क्षति भएको छ ।

उनले लेखेका छन्, “चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेकै चिनियाँ सैनिक हुन् । यदि चिनियाँ सेनाको भावना चोट लागेमा उनीहरु एकबद्ध भएर चीन सरकारविरुद्ध खनिनेछन् । उनीहरु एकजुट भएमा राष्ट्रपति सी नै अप्ठ्यारो स्थितिमा पर्न सक्छन् ।”

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले पीएलएका भेटरानहरुलाई अवमूल्यन नगर्न र सरकारविरुद्धको सम्भावित विद्रोहलाई भड्किन नदिन सचेत हुनुपर्ने सुझाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता समेत उक्त झडपमा मारिएका चिनियाँ सेनाको बारेमा खुलाउन डराइरहेका छन् ।

भारतीय मिडियाका अनुसार उक्त झडपमा चीनका ४० जनाभन्दा बढी मारिकएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ३१ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता