म मास्क प्रयोगको पक्षमा छु – ट्रम्प « Khabarhub

म मास्क प्रयोगको पक्षमा छु – ट्रम्प


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गइरहदा पनि मास्कको प्रयोग नगर्ने बताउँदै आएका ट्रम्पले आफू पनि मास्क प्रयोगकको पक्षमा नै रहेको बताएका हुन् ।

एक शीर्ष रिपब्लिकनले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले अति भिड भएको स्थानमा आफूले पनि मास्क लगाउने बताएका हुन् ।

‘म जहिले पनि मास्कको पक्षमा छु । यदी म मानिसहरुको भिड हुने स्थानमा पुगे भने मास्क लगाउने छु,’ ट्रम्पले भने ।

आफूले यसअघि पनि एकपटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले बुधबारको अन्तर्वार्तामा सार्वजनिक रुपमा मास्क लगाउन आफूलाई कुनै समस्या नरहेको र मास्क लगाउने आफू राम्रो देखिने पनि बताए ।

अमेरिकामा संक्रमणले तीव्र रुप लिइसक्दासमेत ट्रम्प विज्ञहरुको सुझावसमेत नमानिरहँदा उनको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ०६ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका