आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै « Khabarhub

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच प्रतिस्पर्धा हुँदैछ।

बरसापारा क्रिकेट रंगशाला गुवाहाटीमा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। वर्षा रोकिएको खेल केहीबेर अघि सुरु भएको छ ।

राजस्थानका कप्तान रियान परागले तुषार देशपाण्डेलाई आराम दिइएको र उनको स्थानमा बृजेशलाई मौका दिइएको जानकारी दिएका छन् । त्यस्तै बैंग्लोर टोलीमा जेकब डफीको स्थानमा जोश हेजलवुड पुनः टोलीमा फर्किएका छन्।

राजस्थानले सुरुआती तीनै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले चेन्नई, गुजरात र मुम्बईविरुद्ध जित हात पारेको थियो। यता बैंग्लोरले पनि हैदराबाद र चेन्नईविरुद्ध लगातार दुई जित निकाल्दै राम्रो लयमा देखिएको छ।

दुवै टोलीको प्लेइङ–११

राजस्थान रोयल्स:
यशस्वी जैसवाल, ध्रुव जुरेल , रियान पराग (कप्तान), शिमरोन हेटमायर, डोनोभन फरेरा, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा, सन्दीप शर्मा, रवि बिश्नोई, इम्प्याक्ट खेलाडी : वैभव सूर्यवंशी

रोयल च्यालेन्जर्स बैंग्लोरस्
विराट कोहली, फिल सॉल्ट, देवदत्त पडिक्कल, रजत पाटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, अभिनन्दन सिंह, इम्प्याक्ट खेलाडी: सुयश शर्मा

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ०५ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६