पर्खालले किचेर बालकको मृत्यु भएपछि सप्तरीमा प्रदर्शन « Khabarhub

पर्खालले किचेर बालकको मृत्यु भएपछि सप्तरीमा प्रदर्शन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ ।

उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

 रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

वर्षाको पानीलेसमेत भिजेर घरको गारो कमजोर भएको हुनसक्ने उनले बताए ।

घटनास्थलमै बालकको शव राखी गाउँलेहरु र मृतकका परिवारका सदस्यहरुले प्रदर्शन गरिरहेका छन् ।

खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएको भन्दै प्रदर्शनकारीहरुले घटनाको जिम्मा लिन र उपभोक्ता समितिका पदाधिकारीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ ।

ठूलो सङ्ख्यामा परिचालित टोलीले चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाका लागि पहल गर्ने बताए पनि प्रदर्शन जारी छ ।

छबिल मण्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएकाले उपभोक्ता समितिका अध्यक्षलगायतलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरु उपस्थित नरहेको र काममा खटाइएका रोलर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदासमेत वास्ता नगरेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ४० बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा