वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय « Khabarhub

वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ ।

असार १५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि रोकिएको श्रम अनुमति सुचारु गर्नेे निर्णय गरेको हो।

मन्त्रिपरिषदले गरेका निर्णय आज सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचनामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिए।

उनका अनुसार बिदामा नेपाल आएका, भिसा अवधि र करार अवधि बाँकी रहेकाहरूलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको कार्यान्वयन गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने निर्णय भएको हो।

त्यसैगरी, करारअवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः श्रम स्वीकृति दिइने जनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : २२ बजे

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं