वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय « Khabarhub

वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ ।

असार १५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि रोकिएको श्रम अनुमति सुचारु गर्नेे निर्णय गरेको हो।

मन्त्रिपरिषदले गरेका निर्णय आज सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचनामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिए।

उनका अनुसार बिदामा नेपाल आएका, भिसा अवधि र करार अवधि बाँकी रहेकाहरूलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको कार्यान्वयन गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने निर्णय भएको हो।

त्यसैगरी, करारअवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः श्रम स्वीकृति दिइने जनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : २२ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको