चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतद्वारा ठहर « Khabarhub

चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतद्वारा ठहर


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केन्याले चीनसँग गरेको तीन अर्ब २० करोड अमेरिकी डलरको रेलवे सम्झौता केन्याको अदालतले अवैध भएको ठहर गरेको छ ।

केन्या सरकार र चाइना रोड एन्ड ब्रजि कर्पोरेशनबीच भएको सम्झौता अवैध भएको ठहर गरिएको हो ।

केन्या रेलवेले मुलुकको कानूनको उल्लंघन गर्ने बीआरआई अन्तर्गतको अर्बौं लगानीको परियोजना गर्दा मुलुकको आधारभूत कानूको उल्लंघन गरेको अदालतको ठहर छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकारकर्मी ओकिया ओमताह र केन्या कानूनी समाजले संयुक्तरुपमा यसविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरेका थिए । उनीहरुले उक्त रेलवे सम्झौतामा आएको रकमले रेलवे निर्माण कार्य रोक्‍न माग गर्दै मुद्दा दायर गरेका थिए ।

अदालतले रेलवे सार्वजनिक परियोजना भएकोले यसको प्रक्रिया निष्पक्ष, प्रतिस्पर्धा र पारदर्शी हुनुपर्ने बताएको छ ।

सन् २०१४ मा सीआरबीसीले केन्याको मोम्बासा बन्दरगाहदेखि नैरोबीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो ।

त्यसपछि चिनियाँ कम्युनिकेशन कन्सट्रक्सन कम्पनीले नैरोबीदेखि नैभाषासम्म रेलमार्ग निर्माणका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको अर्को परियजना बनाउने सम्झौता गरेको थियो ।

दुबै परियोजना सम्पन्‍न भएर सञ्‍चालनमा आइसकेका छन् । उक्त रेलवेले कमाउने रकम केन्या सरकारलाई नबुझाएको भन्दै सांसदहरुले प्रश्‍न उठाएका थिए । केन्यास्थित चिनियाँ दूतावासले केन्या सरकारले रेलमार्ग निमार्णका लागि लगानी भएको रकम फिर्ता गरिनसकेको बताएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ३० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको