शान्ति मिसनमा अफ्रिका जाँदै नेपाली सेना, नेपाल एयरलाइन्सले चार्टर्ड गर्ने « Khabarhub

शान्ति मिसनमा अफ्रिका जाँदै नेपाली सेना, नेपाल एयरलाइन्सले चार्टर्ड गर्ने


१८ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ ।

नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए ।

निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो ।

सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।

निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताए ।

निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ९ : ११ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई