कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान   « Khabarhub

कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान  


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी वर्षा भएको छ ।

विभागको बाढी सूचना केन्द्रले विहान साढे ६ बजे जारी गरेको सूचनाअनुसार कैलालीफ र कञ्चनपुर आसपासका क्षेत्रमा ३ घण्टासम्म भारी वर्षा भएको छ । ती क्षेत्रका चौधर, सुहेली, सहजपुर, महरा लगायतका खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

सर्लाही, महोत्तरी, धनुषा र सिरहामा पनि ३ घण्टासम्म भारी वर्षा भएकाले लखनदेही खोला, जिम खोला, हार्दि खोला  महाराखोला तथा आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै आज कोशी,नारायणी,महाकाली, कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिम राप्ती, बबईका केही स-साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव पनि आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आह्वान गरिएको छ ।

विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाकोसमेत  सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ०७ बजे

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा