जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत « Khabarhub

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्योलमा परेको छ ।

करिब २०० देश सहभागी सम्मेलनमा तेल, ग्यास र कोइलाको प्रयोगबारे मतभेद चर्किएपछि वार्ता सप्ताहन्तसम्म लम्बिने संकेत देखिएको छ ।

सम्मेलनको प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने प्रयास तीव्र पार्न आह्वान गरिएको थियो । तर, सम्मेलनका सहआयोजक अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको नयाँ मस्यौदाबाट जीवाश्म इन्धनसम्बन्धी उक्त प्रतिबद्धता हटाएपछि विभिन्न देशले असन्तुष्टि जनाएका छन् ।

फ्रान्सकी जलवायुमन्त्री मोनिक बार्बुटले नयाँ मस्यौदामा जीवाश्म इन्धनको उल्लेख नहुनुलाई गम्भीर कमजोरीका रूपमा टिप्पणी गरेका छन् ।

यसैबीच, टर्कीले सन् २०३५ सम्म विश्वको विद्युत् मागमा विद्युतीकरणको हिस्सा ३५ प्रतिशत पुर्‍याउने स्वैच्छिक प्रतिबद्धता गर्न प्रस्ताव गरेको छ । तर, विद्युत् उत्पादन स्वच्छ ऊर्जाबाटै हुनुपर्ने स्पष्ट व्यवस्था नभएको भन्दै केही देशले यसप्रति चिन्ता व्यक्त गरेका छन् । कार्बन सङ्कलन तथा भण्डारण प्रविधिलाई प्रोत्साहन गर्ने प्रस्तावमा पनि सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको छ ।

जलवायु विज्ञानसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) का आगामी प्रतिवेदन सन् २०२८ को विश्वव्यापी समीक्षाअघि नै सार्वजनिक गर्न दर्जनौँ देशले माग गरेका छन् । तर, साउदी अरब र भारतसहित केही देशले प्रतिवेदन प्रकाशन सन् २०२९ सम्म स्थगित गर्नुपर्ने धारणा राखेका छन् ।

नयाँ मस्यौदाले पेरिस जलवायु सम्झौताले निर्धारण गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य जोखिममा परेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

त्यस्तै, विकासोन्मुख देशलाई जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा पनि सहमति जुट्न सकेको छैन । मस्यौदामा सन् २०३५ सम्म जलवायु सहायता तीन गुणा पुर्‍याउने विषयमा थप छलफल गर्ने प्रस्ताव गरिएको छ । तर, विकासोन्मुख देशले माग गर्दै आएको एक खर्ब २० अर्ब अमेरिकी डलरको सहायता लक्ष्य भने मस्यौदामा समेटिएको छैन ।

यसैबीच, इरान युद्ध र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा देखिएको उतारचढावले ऊर्जा सुरक्षा र जीवाश्म इन्धनको भविष्यबारेको बहसलाई थप जटिल बनाएको छ । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने समयसीमा, जलवायु वित्त र स्वच्छ ऊर्जा रूपान्तरणका विषयमा सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ३ : १३ बजे

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो

चितवन- चितवनमा यस वर्ष धान उत्पादन आठ प्रतिशतले वृद्धि भएको छ

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत

एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा

नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज, बाघको सङ्ख्या दोब्बर बढ्यो 

राँझा– सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जंगल सफारी र प्रकृतिको अनुपम

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

काठमाडौँ– सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको