सपनाको 'महानायक' भन्दै भुवनलाई निरुताको समर्थन | Khabarhub Khabarhub

सपनाको ‘महानायक’ भन्दै भुवनलाई निरुताको समर्थन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसी केही समययता विवादमा तानिएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका छन् ।

भुवनले साम्राज्ञीविरुद्ध अदालतमा १० करोड मागदाबी गर्दै मुद्दा दर्ता गराएका छन् । साम्राज्ञीले पनि भुवनविरुद्ध उजुरी हाल्ने तयारी थालेकी छिन् ।

भुवन र साम्राज्ञी दुवैले मिडियामा अन्तर्वार्ता दिएर आ–आफ्ना दाबी गरिरहेका छन् । भुवनले अन्तर्वार्तामा साम्राज्ञीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गर्दै आएका छन् ।

यता साम्राज्ञीले पनि एकपछि अर्को गर्दै भुवनले दुर्व्यवहार गरेका थप किस्सा सार्वजनिक गर्दै गएकी छिन् । साम्राज्ञीले हालै भुवनले फिल्म ड्रिम्सका बेला भद्दा जोक्स सुनाएको बताएकी छिन् ।

यसैबीच मुम्बईमा बस्दै आएकी अभिनेत्री निरुता सिंहले सामाजिक सञ्जालमार्फत भुवन केसीको तारिफ गरेकी छिन् । उनले भुवनलाई ‘रियल हिरो’ भएको पनि बताएकी छिन् ।

‘दार्जिलिङमा हामीले नेपाली चलचित्रको नायक अनि नायिका भनेर चिनेको नै श्रद्धेय दाइ भुवन केसी र श्रद्धेय दिदी तृप्ति नाडकर दिदी हो,’ निरुता भन्छिन्, ‘त्यो बेला मैले सपनामा पनि सोचेकी थिइनँ कि, मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग काम गर्ने मौका पाउँछु भनेर ।’

उनले फिल्म शूटिङका बेला भुवनले नयाँ कलाकारलाई गरेको सहयोगको प्रसङ्ग पनि जोडेकी छिन् । ‘म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो, त्यो देखेर त म झनै उहाँको फ्यान भएँ,’ निरुता भन्छिन् ।

निरुताले भुवनसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छिन् ।

निरुता सिंह पछिल्लो समय भुवनको फिल्म ‘क्याप्टेन’ को एक गीतमा देखिएकी थिइन् । जुन फिल्ममा अनमोल केसी र उपासना सिंह ठकुरीको शीर्ष भूमिका थियो ।

निरुताको यो अभिव्यक्तिपछि कतिपयले भने भुवनको आग्रहमा निरुताले उक्त स्टाटस लेखेको हुनसक्ने अड्कल काटेका छन् ।

केही समयदेखि भुवन र साम्राज्ञीबीच आरोप–प्रत्यारोप जारी छ । सामाजिक सञ्जालबाट शुरु भएको यो लडाइँ अब अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर