कतारमा रोजगारी गुम्यो ? यसरी पाइन्छ पुनः रोजगारी « Khabarhub

कतारमा रोजगारी गुम्यो ? यसरी पाइन्छ पुनः रोजगारी



दोहा : कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको पुन: रोजगारी दिने भएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको छ ।

कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसंग सहकार्य गरी पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ

रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइन मार्फत पुन: रोजगारका लागि आवेदन दिन सकिने र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ ।

यता, एनआरएनए कतारले यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने छ र श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

श्रमिकहरूको हकहितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद आभार प्रकट गरेको छ ।

कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर बिगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

निबेदन दिन भर्ने फारम यो लिंकमा उपलब्ध छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ५८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका