कतारमा रोजगारी गुम्यो ? यसरी पाइन्छ पुनः रोजगारी « Khabarhub

कतारमा रोजगारी गुम्यो ? यसरी पाइन्छ पुनः रोजगारी



दोहा : कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको पुन: रोजगारी दिने भएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको छ ।

कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसंग सहकार्य गरी पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ

रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइन मार्फत पुन: रोजगारका लागि आवेदन दिन सकिने र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ ।

यता, एनआरएनए कतारले यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने छ र श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

श्रमिकहरूको हकहितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद आभार प्रकट गरेको छ ।

कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर बिगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

निबेदन दिन भर्ने फारम यो लिंकमा उपलब्ध छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ५८ बजे

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल