दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो « Khabarhub

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १० हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको हो । संक्रमितको यो संख्या विश्वमा पाँचौँ धेरै हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा दक्षिण अफ्रीकामा कोरोनाबाट १४८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार १५३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३ लाख ४२ हजार ४६१ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ५२ हजार ६७६ जना उपचारारत छन् । उनीहरूमध्ये ५३९ जनाको अवस्था गम्भीर छ ।

राजधानी प्रिटोरियाको आसपासको क्षेत्र कोरोनाको इपिसेन्टर बनेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीहरू चिन्तित भएका छन् ।

कोरोनाको शुरूवातताका गत अप्रिलदेखि मे सम्म दक्षिण अफ्रिकामा लकडाउन गरिएको थियो । तर, अर्थव्यवस्था चलायमान बनाउन भन्दै लकडाउन खुकुलो बनाइएपछि त्यहाँ संक्रमण बढ्दै गएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : २२ बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको