सुशान्तका अफिस ब्यायले लगाए आरोप – टुनामुना गर्थिन् रिया « Khabarhub

सुशान्तका अफिस ब्यायले लगाए आरोप – टुनामुना गर्थिन् रिया


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्याको गुत्थी सुल्झिने नाम लिएको छैन । बरु यो मुद्दामा एकपछि अर्को गर्दै खुलासा भइरहेका छन् ।

सुशान्तका पिताले रिया चर्कवर्तीका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुम्बई प्रहरीसँगै अब बिहार प्रहरी पनि सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सुशान्तका अफिस ब्यायले हालै प्रहरीलाई बयान दिएको र अपत्यारिलो खुलासा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ती अफिस ब्यायले आफूले सन् २०१९ को जनवरीदेखि २०२० सम्म सुशान्तसँग काम गरेका थिए । उनले रियाले निकाल्न भनेर आफूलाई निकालिएको बताएका छन् ।

ती अफिस ब्यायले सुशान्तले आत्महत्या गर्न नसक्ने बताएका छन् । रिया आएपछि कर्मचारीलाई पनि राम्रो तलब नदिएको, काम गर्ने समय बढाएको र सुशान्तलाई पनि कर्मचारीलाई जस्तो व्यवहार गरेको उनले बताएका छन् ।

उनका अनुसार रियाले कर्मचारीसँग आफ्नो व्यक्तिगत काम पनि गराउने गरेकी थिइन् । कर्मचारीले उनको कुरा नसुने झगडा गर्ने गर्थिन् ।

राम नामका ती अफिस ब्यायले रिया आउनुभन्दा पहिले सुशान्त खुशी रहेको पनि बताएका छन् । रिया आएपछि सुशान्तमा परिवर्तन आएको थियो ।

रामले रियाले जादु टुना पनि गर्ने गरेको दाबीसमेत गरेका छन् ।

रियाले हालै एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा उनले कानूनमा भरोसा गरेर र सत्यले जित्ने बताएकी थिइन् । त्यसपछि उनको फोन स्वीच अफ गरिएको छ । र, प्रहरीले ट्रेस गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ५३ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै