बडीगार्ड भन्छन् – सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन् « Khabarhub

बडीगार्ड भन्छन् – सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन्


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि नयाँ खुलासा भइरहेका छन् । पछिल्लो हप्ता सुशान्तका पिता केके सिंहले बिहार प्रहरीमा रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका थिए ।

बिहार प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । साथै मुम्बई प्रहरीले पनि सुशान्तको आत्महत्या प्रकरणबारे छानबिन गरिरहेको छ ।

यसैबीच सुशान्तका बडीगार्डले सुशान्त र रियाका बारेमा बोलेका छन् ।

उनले रिपब्लिक टिभीको एक अन्तर्वार्तामा सुशान्त प्रायः बिरामी भएका कारण ओछ्यानमा हुने र रियाले घरमा पार्टी गर्ने गरेको बताएका छन् । जसमा पैसा पनि सुशान्तकै खर्च हुने गरेको थियो ।

‘सुशान्त बिरामी भएर ओछ्यानमा पल्टेका हुन्थे, उता रिया पार्टीमा रमाइलो गरेकी हुन्थिन्,’ उनले भने ।

उक्त पार्टीमा रियाका अलावा उनका पिता र भाइले पनि हिस्सा लिने गरेको उनले अन्तर्वार्तामा उनले बताएका छन् ।

बडीगार्डले रिया आएपछि सुशान्तको जीवनमा परिवर्तन आएको पनि बताएका छन् । उनले सुशान्त औषधि लिएपछि पूरै समय सुत्ने गरेको  बताए ।

‘पछिल्लो समय जब उनी युरोप भ्रमणबाट आएका थिए, उनी बिरामी नै थिए, सधै ओछ्यानमा हुन्थे, जबकि पहिले उनी त्यस्तो थिएनन्,’ उनले भने ।

ती बडीगार्डका अनुसार पहिले उनी निकै एक्टिभ हुने गर्थे । सुशान्तको जीवनमा आएपछि रियाले उनका स्टाफ पनि बदलेकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ४० बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक