कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध « Khabarhub

कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध

प्रतिबन्ध नगरिएका मुलुकमा १४ दिन बसे प्रवेश अनुमति दिइने



दोहा : कुवेत सरकारले कोरोना भाइरसका कारण बन्द गरेको हवाई उडान पुन: सूचारु गरेको छ । उडान सुरु गरेसँगै कुवेतले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई तत्कालका लागि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार नेपालसहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, अरमेनिया, बङ्गलादेश, फिलिपिन्स, इजिप्ट, श्रीलंका तथा इराक छन् ।

यस्तै, सिरिया, लेबनान, स्पेन, सिंगापुर, बोसनिया, हर्जेगोविना, मेक्सिको, इण्डोनेशिया, चिली, पाकिस्तान, हंङकङ, इटली उत्तरी, मेसिडोनिया, मोल्डोभा, पानामा, पेरू, सर्बिया, मोन्टेनेग्रो र डोमिनिकन रिपब्लिक देशहरुमा उडान स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

तर उक्त देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेमा कुवेत प्रवेशमा अनुमति दिने जनाएको छ । सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।

यसघि कुवेतले नेपालसहित ७ देशहरुलाई कुवेत प्रवेशमा प्रतिबन्ध लागिएको थियो भने अहिले थप २४ देशहरुबाट कुवेत आउन प्रतिबन्ध लगाएको छ ।

कुवेतमा विभिन्न कारणले रोजगारी गुमाएका तथा कार्यअबधि पुरा गरि स्वदेश फर्कन पाएका छैनन् भने बिदामा गएका नेपाल श्रमिकहरु कुवेत फर्कन पाएका छैनन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण