कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए



दोहा : कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजिकरणमा कतारबाट आज १५० जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाली एयरलाइन्सको जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव भुवन भट्टले जानकारी दिएका छन् ।

यस्तै सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई वटा शव पनि अन्तिम सस्कारको लागि नेपाली पठाईएको सचिव भट्टले बताए ।

स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितिय सचिव भट्टलगायत नेपाली संघसस्था प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान अगष्ट ३ र ४ मा नेपाल एयरलाइन्स तथा अगष्ट ३, अगष्ट ५ मा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु