न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप « Khabarhub

न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरेको हो ।

अदालतले गत आर्थिक वर्षमा दर्ता भएका २९९ मुद्दामध्ये १५१ मुद्दा फछ्र्योट गरेको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी आएका ८५ मुद्दामध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन् ।

यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ मुद्दमध्ये १४ मुद्दा मेलमिलाप भइसकेका श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतले ६ महिनाको अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ ।

लकडाउनको अवधिमा खासै मुद्दाको सुनवाइ नभए पनि लकडाउनको तीन महिनाको अवधिमा ३० मुद्दा दर्ता भएका जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।

स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकले पनि न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेका न्यायाधीश पाण्डेको भनाइ छ ।

न्यायिक समितिको कार्यसम्पादन प्रभावकारी बनाए हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाएर प्रक्रियाका बारेमा जानकारी लिनसक्ने उनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : २९ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै