न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप « Khabarhub

न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरेको हो ।

अदालतले गत आर्थिक वर्षमा दर्ता भएका २९९ मुद्दामध्ये १५१ मुद्दा फछ्र्योट गरेको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी आएका ८५ मुद्दामध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन् ।

यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ मुद्दमध्ये १४ मुद्दा मेलमिलाप भइसकेका श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतले ६ महिनाको अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ ।

लकडाउनको अवधिमा खासै मुद्दाको सुनवाइ नभए पनि लकडाउनको तीन महिनाको अवधिमा ३० मुद्दा दर्ता भएका जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।

स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकले पनि न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेका न्यायाधीश पाण्डेको भनाइ छ ।

न्यायिक समितिको कार्यसम्पादन प्रभावकारी बनाए हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाएर प्रक्रियाका बारेमा जानकारी लिनसक्ने उनले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : २९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको