वर्षेनी नारायणीको कटान बढ्दै, जोखिममा बस्ती « Khabarhub

वर्षेनी नारायणीको कटान बढ्दै, जोखिममा बस्ती


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् । तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै अहोरात्र खटिन्छन् ।

नारायणीले वर्षेनी कटान गर्दै आएपछि आफै दिनरात खट्न बाध्य भएको स्थानीयवासी भीमसेन कुमालले बताए । उनले बाढी बस्तीमा पस्ने डरले वर्षेनी त्रासमा बस्न बाध्य भएको गुनासो गरे । उनले भने, “प्रत्येक वर्ष नारायणीले कटान गर्छ, बर्खा लागेपछि डुबानको त्रास हुन्छ ।”

विशेषगरी वडा नं २८ बाढीको उच्च जोखिममा छ । जोखिम रहेकै कारण यहाँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । तटबन्धका लागि वर्षेनी लाखौं रुपैयाँ खर्च हुँदै आए पनि बाढीको जोखिम नटरेको कुमालले बताए ।

न्यूरे चोक क्षेत्रको तटबन्ध वर्षेनी बाढीले बगाउने गरेको छ । एक ठाउँमा तटबन्ध गर्‍यो अर्को ठाउँमा भत्काउने समस्याले जोखिम बढ्दो छ । साउन पहिलो साता आएको बाढीले पनि केही स्पर बगाएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मेघनाथ शर्माले बताए ।

उनले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिए । उनले नारायणी नदी तटीय क्षेत्रमा वर्षेनी बाढीको उच्च जोखिममा पर्ने गरेको बताए ।

आयोजनाले प्रयाप्त बजेट अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको उनको भनाइ छ ।

साउन पहिलो साता आएको नारायणीको बाढीले महानगरपालिकाका वडा नं २६, २७ र २८ का केही भाग डुबानमा परेका थिए । भगडीबाट प्रवेश गरेको बाढीले मानवीय क्षति गरेन । तर मुख्य चुनौती भनेको न्यूरे चोकको तटबन्ध हो ।

सो तटबन्धलाई बाढीले भत्काए सबै भन्दा बढी वडा नं २८ मा मानवीय र भौतिक क्षति पुग्ने छ । यहाँ रहेका एक हजार ७०० घरधुरीमध्ये एक हजार घरधुरी उच्च जोखिममा रहेका वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।

उनले बाढीकै कारण सो क्षेत्रमा हजारौं बिघा क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको जानकारी दिए । न्यूरे चोक आसपासको क्षेत्रमा तटबन्धनका लागि वर्षेनी ४० लाखसम्म खर्च भइरहेको नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।
२०५९ सालदेखि निरन्तर त्यस क्षेत्रमा तटबन्धन हुँदै आए पनि अझै शान्तसँग श्वास फेर्न नपाएको अर्का स्थानीयवासी रञ्जन तामाङले बताए ।

दीर्घकालीन समस्या समाधानको आश्वासन प्रत्येक वर्ष आउने गरे पनि समाधान हुन नसकेको उनको भनाइ छ । असार अन्तिमसाता मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रको स्थलगत अवलोकन गरेर दीर्घकालीन रुपमा तटबन्धन गरिने प्रतिबद्धता जनाएका थिए ।

तटबन्धका लागि यसवर्षदेखि प्रर्याप्त बजेट विनियोजन गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : ४३ बजे

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै