वर्षेनी नारायणीको कटान बढ्दै, जोखिममा बस्ती | Khabarhub Khabarhub

वर्षेनी नारायणीको कटान बढ्दै, जोखिममा बस्ती


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् । तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै अहोरात्र खटिन्छन् ।

नारायणीले वर्षेनी कटान गर्दै आएपछि आफै दिनरात खट्न बाध्य भएको स्थानीयवासी भीमसेन कुमालले बताए । उनले बाढी बस्तीमा पस्ने डरले वर्षेनी त्रासमा बस्न बाध्य भएको गुनासो गरे । उनले भने, “प्रत्येक वर्ष नारायणीले कटान गर्छ, बर्खा लागेपछि डुबानको त्रास हुन्छ ।”

विशेषगरी वडा नं २८ बाढीको उच्च जोखिममा छ । जोखिम रहेकै कारण यहाँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । तटबन्धका लागि वर्षेनी लाखौं रुपैयाँ खर्च हुँदै आए पनि बाढीको जोखिम नटरेको कुमालले बताए ।

न्यूरे चोक क्षेत्रको तटबन्ध वर्षेनी बाढीले बगाउने गरेको छ । एक ठाउँमा तटबन्ध गर्‍यो अर्को ठाउँमा भत्काउने समस्याले जोखिम बढ्दो छ । साउन पहिलो साता आएको बाढीले पनि केही स्पर बगाएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मेघनाथ शर्माले बताए ।

उनले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिए । उनले नारायणी नदी तटीय क्षेत्रमा वर्षेनी बाढीको उच्च जोखिममा पर्ने गरेको बताए ।

आयोजनाले प्रयाप्त बजेट अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको उनको भनाइ छ ।

साउन पहिलो साता आएको नारायणीको बाढीले महानगरपालिकाका वडा नं २६, २७ र २८ का केही भाग डुबानमा परेका थिए । भगडीबाट प्रवेश गरेको बाढीले मानवीय क्षति गरेन । तर मुख्य चुनौती भनेको न्यूरे चोकको तटबन्ध हो ।

सो तटबन्धलाई बाढीले भत्काए सबै भन्दा बढी वडा नं २८ मा मानवीय र भौतिक क्षति पुग्ने छ । यहाँ रहेका एक हजार ७०० घरधुरीमध्ये एक हजार घरधुरी उच्च जोखिममा रहेका वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।

उनले बाढीकै कारण सो क्षेत्रमा हजारौं बिघा क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको जानकारी दिए । न्यूरे चोक आसपासको क्षेत्रमा तटबन्धनका लागि वर्षेनी ४० लाखसम्म खर्च भइरहेको नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।
२०५९ सालदेखि निरन्तर त्यस क्षेत्रमा तटबन्धन हुँदै आए पनि अझै शान्तसँग श्वास फेर्न नपाएको अर्का स्थानीयवासी रञ्जन तामाङले बताए ।

दीर्घकालीन समस्या समाधानको आश्वासन प्रत्येक वर्ष आउने गरे पनि समाधान हुन नसकेको उनको भनाइ छ । असार अन्तिमसाता मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रको स्थलगत अवलोकन गरेर दीर्घकालीन रुपमा तटबन्धन गरिने प्रतिबद्धता जनाएका थिए ।

तटबन्धका लागि यसवर्षदेखि प्रर्याप्त बजेट विनियोजन गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : ४३ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना