बाग्लुङमा पहिरोले १३ परिवार विस्थापित « Khabarhub

बाग्लुङमा पहिरोले १३ परिवार विस्थापित


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लका घरमा आंशिक क्षति भएको छ ।

पहिराले खारा बजारका अन्य सात घर पनि कारण उच्च जोखिममा छन् । वर्षा हुनासाथ आउन सक्ने पहिराको जोखिमले स्थानीयवासी त्रासमा छन् ।

जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने र पुरिने जोखिममा भएपछि नौ घरपरिवार विस्थापित भएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।

‘प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ’, वडाध्यक्ष मल्लले भने, ‘जोखिमपछि पूर्ववत् सजगता अपनाउनुपर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिकस्थलमा बस्न भनेका छौं ।’

निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिराले पनि स्थानीयवासी आजित छन् । यता ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् ।

शनिबार बिहान खसेको पहिराले स्थानीयवासी काली विक, पोप्ची विक, बाँबरी विक र रोशन विकका घर जोखिममा परेका हुन् । अहिले विस्थापित परिवार छिमेकीका सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुनसाथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ –ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।

‘अहिले गाउँगाउँ, टोलटोल र घरघरमा सडक पु¥याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उनले भने‌, ‘अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : ३२ बजे

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा