बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय « Khabarhub

बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र वृद्धवद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण फैलिँदै गएका काठमाडौं लगायतका ठूला शहर र घना बस्तिहरुमा बालबालिका र वृद्धवृद्धाहरु बाहिर निस्कन नहुने बताएका हुन् ।

‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना बस्ति भएका ठाउँहरुमा घरबाट बाहिर ननिस्कनु हुन अनुरोध छ,’डा गौतमले भने, ‘केही दिन यता हाम्रो देशमा कोरोना पोजेटिभ दर बढी भएको छ ।’

डा गौतमले कोरोना निको हुनेको संख्या पनि बढ्दै गएको बताए । तर कोरोना संक्रमण हुन नदिन सचेत हुनुपर्ने डा गौतमले बताए ।

उनले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ८० प्रतिशतमा कुनै स्वास्थ्य समस्या नभइ निको भएको पनि बताए । उनले स्वास्थ्य समस्या नभएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बसेर पनि निको हुने बताए ।

उनले कोरोना संक्रमितलाई भेदभाव नगर्न पनि आग्रह गरे । डा गौतमले कोरोना संक्रमणबाट बच्ने नागरिक आफैको जिम्मेवारी भएको पनि बताए । उनले नाक मुख छोपिने गरी मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन् । घर र कार्यालय भित्र प्रवेश गर्दा वा कुनै सामाग्री छोएपछि साबुनपानीले हात धुनुपर्ने  उनले बताए ।

उनले घर, कार्यालय, सार्वजनिक स्थलमा चिनेका तथा नचिनेका सबै व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक