कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्ज खटाइयो « Khabarhub

कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्ज खटाइयो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण बढ्दै गएको वीरगञ्जमा स्वास्थ्य मन्त्रालयको उच्च स्तरीय टोली खटाइएको छ ।

स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज र जनकपुरमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा विज्ञहरुको टोली खटाइएको जानकारी दिए ।

डा गौतमले आवश्यकताका आधारमा अन्य जोखिम क्षेत्रहरुमा पनि उच्चस्तरीय टोली परिचालन गर्ने जानकारी दिए ।

‘हाल कोरोबाट प्रभावित भएको वीरगञ्ज र जनकपुरमा समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोम वीरगञ्ज पुगी काम शुरु गरिसकेको छ,’ डा गौतमले भने, ‘आवश्यकता परेको खण्डमा अन्य क्षेत्रमा पनि टोली परिचालन गरिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भइरहेको छ ।’

कोरोना संक्रमितको संख्या बढेसँगै पर्सामा  भोलिदेख जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।

साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : १९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान