गीतमार्फत 'बदलाको कथा' भन्दै प्रकाश सपूत | Khabarhub Khabarhub

गीतमार्फत ‘बदलाको कथा’ भन्दै प्रकाश सपूत


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल प्रकाश सपूतले हिन्दू नेपाली नारीहरुको पर्व तीजको अवसर पारेर सार्वजनिक गरेको नयाँ गीत एकैदिन युट्युबको ट्रेन्डिङ नम्बर २ मा पुगेको छ ।

प्रकाश सपूतको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको यो गीत दर्शकले रुचाएका छन् ।

‘बदला बरिलै’ बोलको यो गीतमा देवी घर्तीको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत सिर्जना गायक सपूतले नै गरेका छन् ।

लोककथामा आधारित गीतमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनालाई कथाका माध्यमबाट प्रस्तुत गरिएको छ । नाटकीय रुपमा प्रस्तुत गरिएको गीतको भिडियोमा नायिका केकी अधिकारीले पीडित नारीको भूमिका निभाएकी छिन् ।

भिडियोको एक दृश्यमा केकी अधिकारी । उनले भिडियोमा पीडित नारीको भूमिका निभाएकी छिन् ।

श्यामश्वेत रसाइलीको संगीत संयोजन, पार्श्व ध्वनि तथा मिक्सिङ रहेको यो गीत आजभोलि बजारमा निस्किने भाइरल गीतभन्दा स्तरीय बनेको छ ।

दर्शकले यो गीतले मन छोएको प्रतिक्रिया दिएका छन् । गीतमा समावेश गरिएका शब्द र भिडियो मेकिङ कर्णप्रिय छ ।

भिडियोमा केकी अधिकारीका अलावा ध्रुव कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतले अभिनय गरेका छन् ।

अनिल कृष्ण मानन्धरले छायांकन निर्देशन गरेको भिडियोलाई प्रकाश सपूतले निर्देशन गरेका हुन् । गीतलाई लोकथामा आधारित परम्परागत मेलोडियस लोक गीत भनिएको छ ।

‘यो एउटा गीत मात्र होइन, कुसोच भएका दानव र न्याय दिन नसक्ने शासकहरुमाथिको टाउकोमा बञ्चरो प्रहार नै हो,’ गोविन्द ढुंगानाले युट्युबमा प्रतिक्रिया जनाएका छन् ।

प्रकाश सपूत ।

‘यो गीत हेर्दा मैले आफ्ना आँसु थाम्न सकिनँ, दुःखको कुरा हामीले वास्तविक जीवनमा कहिल्यै पनि यसरी बदला लिने मौका पाउँदैनौं,’ एलिना धरेलले लेखेकी छिन् ।

प्रकाश सपूतले गीत तथा भिडियोमा एक नारीले मृत्युपछि आफूले बदला लिएको कथा उनेका छन् । दर्शकले यो गीतबाट प्रकाश सपूतको उचाइ थप माथि पुगेको प्रतिक्रिया दिएका छन् ।

यसअघि गायक सपूतले सार्वजनिक गरेका बोल माया, गलबन्दी, दोहोरी ब्याटल लगायत गीत पनि दर्शकले रुचाएका थिए । गीत संगीतमार्फत समाजका कथा भन्नु सपूतको विशेषता हो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : २४ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला