एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री  « Khabarhub

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरिरहेका छन् । 

सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे ।

उक्त संवादका क्रममा सोमबार जस्तै मंगलबार पनि नेपा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गरे।

मंगलबारको छलफलमा बझाङबाट निर्वाचित एमाले सांसद ऐनबहादुर महरसहितले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गरेका । एमाले सांसदहरूले ओलीबारे प्रश्न उठाउँदा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएनन् । शाहले मंगलबार पनि सांसदहरूका कुरा सुनेर आफूले कुनै जवाफ नदिएको एकजना सांसदले बताएका छन्  ।

उक्त संवादका क्रममा एमालेका सांसद महरले कर्मचारीहरूका कारण देशमा धेरै समस्या आएको बताएका थिए । उनले कर्मचारीतन्त्रमा व्यापक सुधार गर्न पनि आग्रह गरे । 

यस प्रसंगमा भने प्रधानमन्त्रीले जवाफ फर्काउँदै कांग्रेस-एमालेलाई दोष दिए । उनले त्यसको जड र मुख्य कारण नै कांग्रेस-एमाले भएकोले त्यहीँबाट सुधारको थालनी गर्न जवाफ दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : ५५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष