चक्रपथबाट १२ जुवाडे पक्राउ « Khabarhub

चक्रपथबाट १२ जुवाडे पक्राउ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंको चक्रपथबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ, विष्णु खत्रीलगायत १२ जना रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक तास समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ३० बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक